
१६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरिलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गरेका छन् ।
बिहीवार काठमाडौंमा भएको १३औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसका स्व.नेता गिरी भर्सटायल, जिनियस भएको बताएका हुन् । प्रधानमन्त्री देउवाले स्व. गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताए ।
उनले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणीय क्षति पुर्याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताए । उनले स्व. गिरीका लेखहरु पढ्नैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताए । उनले स्व. गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पुर्याउने बताए ।
‘उहाँलाई मैले भन्ने गरेको छु, उहाँ मान्छे एकदमै भर्सटायल, जिनियस मान्छे भने हुन्छ । उहाँमा सबै क्षेत्रको ज्ञान थियो । उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो । उहाँ विद्वान मानिस हो । नेपालमा त्यस्तो विद्वान मानिस धेरै कम छन्,’ उनले भने, ‘उहाँको निधनले हामीलाई अपूरणिय क्षति भएको छ । यसको पूर्ति हामी गर्न सक्दैनौँ । उहाँले लेखेका लेखहरु पढ्ने हो भने समाजवादको चिन्तन र आन्दोलनका धेरै ज्ञान मिल्नेछ । उहाँले छोडेर गएका चिन्तनहरु हाम्रो पार्टीले अघि बढाउनुपर्छ । उहाँले लेखेको पुस्तकहरु हाम्रो पार्टीले देशभर पठाउनेछ । उहाँले लेखेका कुराहरुलाई हामीले अघि बढाउनुपर्छ ।’
प्रधानमन्त्री देउवाले स्व. गिरिले लेखेका पुस्तकहरुलाई पार्टीले देशभरमा पुर्याएर उहाँका चिन्तनहरु अघि बढाउने बताए ।
प्रतिक्रिया 4