
१७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालको पाठ्यक्रम विकास केन्द्रले भारतको विभिन्न शैक्षिक संस्थाबाट आएकालाई समकक्षता दिन स्थगित गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले सूचना जारी गर्दै हाललाई समकक्षता स्थगित गरेको जानकारी दिएका छन् ।
भारतको सिंघानियाँ विश्वविद्यालय राजस्थान, मेवार विश्वविद्यालय राजस्थान, साइनाथ विश्वविद्यालय झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय पञ्जावबाट विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिएकालाई केन्द्रबाट प्रदान गरिने समकक्षता हाललाई स्थगन गरिएको केन्द्रले सूचना जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4