+
+

बंगलादेशका बन्दरगाह र विमानस्थलबाट नेपालले लाभ लिन सक्छ : शेख हसिना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १८:४६

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालको व्यापार अभिवृद्धिका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताएकी छिन् । उनले नेपाललाई बंगलादेशको गोंगला र चट्टोग्राम सामुन्द्रिक बन्दरगाह र सैयदपुर क्षेत्रीय विमानस्थलबाट लाभ लिन पनि आग्रह गरिन् ।

बंगलादेश भ्रमणमा रहेको नेपाली प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समिमितका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री हसिनाले यस्तो धारणा राखेकी हुन्. ।

बंगलादेशी आर्थिक पत्रिका द विजनेस स्ट्यान्डर्डकाअनुसार प्रधानमन्त्री हसिनाले नेपालले आफनो व्यापार अभिवृद्धिका लागि आफ्ना दुई वटा सामुन्द्रिक बन्दरगाह र एउटा क्षेत्रीय विमानस्थल प्रयोग गर्न सक्ने बताएकी थिइन् । सांसदहरुसँगको भेटमा प्रधानमन्त्री हसिनाले बंगालादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको प्रशंसा गरेकी थिइन ।

भेटमा नेपलका सांसदहरुले नेपाल र बंगलादेशबीच जलविद्युत्, पर्यटन र यातायातका क्षेत्रमा एक अर्काको हितका लागि सहकार्य गर्नु पर्ने बताएका थिए ।

बंगलादेशको भ्रमणमा नेपाली प्रतिनिधि मण्डलमा डा. दीपक भट्ट, देवप्रसाद तिमल्सिना, लिल्लादेवी सिटौला, नारदमुनि राना लगायतका संसादहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?