+
+

विनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने   

रासस रासस
२०७९ भदौ २३ गते ११:३८
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ ।

पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो । कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटलको सूची तयार पार्न थालिएको समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए ।

समितिको टिकट काउन्टर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेको छ । होटलमा आउने पर्यटक ५ बजे आएर राति बस्ने बिहान बौद्धनाथ क्षेत्रमा छिर्दा टिकट नलिने गरेको पाइएको समितिले जनाएको छ । होटल व्यवसायी, पथप्रदर्शक र टिकट काउन्टरमा खटिने कर्मचारीको मिलेमतोमा समेत टिकट नलिएका पर्यटकलाई बौद्धनाथ क्षेत्रमा प्रवेश गराउने गरिएको छ ।

होटल, पथप्रदर्शक र टिकट काउन्टरका कर्मचारीको निगरानी गरी सुरक्षाकर्मीले जाँच गरेका बेला पर्यटकसँग टिकट माग्दा नपाएमा पथप्रदर्शक र पर्यटक बस्ने होटललाई कारबाहीको दायरामा ल्याउनका लागि पहिलो चरणमा होटल व्यवसयायीसँग समितिले छलफलसमेत गरेको छ ।

समितिले सार्क मुलुकका पर्यटकसँग रु एक सय र सार्क बाहिरका पर्यटकसँग रु चार सय शुल्क लिने गरेको छ । बौद्ध क्षेत्रमा मासिक हजारौँ पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?