
२४ भदौ, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अन्तरघातका कारण पछिल्लो समयमा पार्टी कमजोर बन्दै गएको बताएका छन् ।
१०९ औं बीपी जयन्तीको अवसरमा तनहुँ कांग्रेसले दमौलीमा गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको समापन कार्यक्रमलाई संवोधन गर्दै उनले भने ‘अप्ठेरोको बेला देशलाई सहि मार्ग देखाउने पार्टी नै कांग्रेस हो, अहिले कांग्रेस कमजोर हुँदै जानुको कारण नै अन्तरघात हो ।’
पार्टीमा अन्तरघात रहेको स्वीकारेका उनले अझै पनि पार्टीले बीपीको बाटो नछोडेको र बीपीले देखाएको बाटोमा हिँडिरहेको दाबी गरे ।
केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कार्यकर्ताहरु विचलित नहुनु पर्ने बताए । मंसिर ४ गते हुने निर्वाचनलाई मध्येनजर गर्दै काँगे्रसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको कार्यक्रम सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4