
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले संसदको ५/५ महिना पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगले खाइदिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सचेतक विश्वकर्माले भने, ‘संसदको ५ महिना पुर्वप्रधानमन्त्री (केपी शर्मा ओली)ले खाइदिए । दुई पटक भएको प्रतिनिधिसभा विघटनले ५ माहिना खाइदिएको रहेछ । फेरि निर्वाचन आयोगले पत्र पठाएको भन्ने सुनिन्छ । निर्वाचन आयोगले ५ महिना खाइदियो ।’
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभामा एक पटक निर्वाचित र तीन पटक सांसद भएको बताए । उनले भने, ‘ एक पटक निर्वाचित तीन पटक साम्सद भइयो । ‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4