+
+

राप्रपाको कार्यालय भवन हटाउन काठमाडौं महानगरको माइकिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १९:४६

१३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ ।

काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । ‘प्रसारण लाइनमुनि रहेका सबै घरहरु हटाउन हामीले माइकिङ गरेका हौं । यसमा राप्रपाको केन्द्रीय कार्यालय पनि परेको छ । उहाँहरुले माइकिङ गरेपछि नैतिकताले भवन भएको संरचना हटाउनुहुन्छ होला’, पाण्डेले भने ।

महानगरपालिकाले विद्युत प्रसारण लाइनको तल पर्ने जमिनमा बनेको संरचनामा नक्सापास गर्दैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए । ‘हामीलाई यो विषयमा जानकारी नै थिएन । तर अब महानगरसँग छलफल गर्छौं । हामीलाई पनि व्यक्तिले दिएको जग्गामा निर्माण गरेको घर हो । राजनीतिक दलको संरचना भन्दैमा कानुन नलाग्ने चाहिँ होइन तर हामी गलत छैनौं भन्ने लाग्छ’, श्रेष्ठले भने ।

राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा, नेपाललाई दिएका थिए । उनले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवन १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?