+
+

लीला गजमेरको स्वरमा ‘पियार’सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १३:२५

काठमाडौं । लीला गजमेरको एकल स्वर रहेको ‘पियार’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । फरक स्वादमा दर्शकमाझ आएको छ ।

गीतमा लेखु सहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ ।

यो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनकै छ ।

पियार बोलको भिडियोलाई निर्देशक हिमालीले डान्सिङ शैलीमा तयार परेका छन् ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्कीको रहेको छ ।

बिहीबार सार्वजनिक भएको भिडियो ओएसआरको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?