
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार वा स्वरोजगार बनाउन निर्ब्याजी ऋण दिने चुनावी प्रतिबद्धता जनाएको छ ।
एकीकृत समाजवादीले सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा यस्तो प्रतिबद्धता जनाइएको हो । ‘अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार वा स्वरोजगार बनाउनका लागि आवश्यक तालिम उपलब्ध गराउनुका साथै व्यवसाय गर्नका लागि निर्ब्याजी ऋण प्रदान गर्ने व्यवस्था गर्न पहल गरिने छ’ घोषणा पत्रमा भनिएको छ ।
अपाङ्गतामैत्री गाउँ/सहर, हाम्रो रहर’ भन्ने नाराका साथ विद्यालय, सार्वजनिक सेवा प्रवाह स्थल, सामुदायिक भवन तथा शौचालयहरू अपाङ्गतामैत्री तथा वातावरणमैत्री बनाइने घोषणापत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4