
१६ कात्तिक, काठमाडौं । आरजु राइस मिलले धानको समर्थन मूल्य तोकेको छ । बुद्ध एयरको भगिनी कम्पनी आरजु राइस मिलले नेपाली रञ्जित धानको समर्थन मूल्य १ हजार १०० प्रति मन तोकेको जनाएको छ । जसअनुसार धानमा आर्द्धताको मात्रा १८ प्रतिशत तोकिएको छ ।
कम्पनीका अनुसार मिलमा धान पुर्याएको २ दिनभित्रै किसानको बैंक खातामा रकम जम्मा गरिनेछ ।
राइस मिलभित्रै धान तौल गर्ने अत्याधुनिक मेशिन जडान गरिएको जनाएको छ । मेशिनलाई नापतौल गुणस्तर विभागबाट पनि स्वीकृति प्रदान गरिएको छ । आरजु राइस मिलले किसानहरुसँग सहकार्य गर्दै ‘रामधान’ र ‘तेजगोल्ड’ धानका बिऊ किसानहरुलाई अनुदानमा बिक्री वितरण गरेको थियो ।
आरजु राइस मिल पूर्ण स्वचालित मिल हो । मिलमा युरोपको प्रख्यात कम्पनी ‘भुल्लर’ का मेशिनहरु जडान गरिएका छन् । अबको केही सातापछि मिलले जीरा मसिनो, लङ ग्रेन तथा बासमती चामल नेपाली बजारमा सस्तो दरमा बिक्री वितरण गर्ने योजना बनाएको समेत जनाएको छ ।
प्रतिक्रिया 4