 
																			५ मंसिर, काठमाडौं । कतारमा हिजोदेखि सुरु भएको फिफा विश्वकप अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुनेछन् ।
साँझ पौने ७ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह बी मा रहेका इंग्ल्याण्ड र इरानबीच हुनेछ । यो खेल कतारको राष्ट्रिय रंगशाला खालिफा रंगशालामा हुनेछ ।
राती पौने १० बजेदेखि सुरु हुने दोस्रो खेल समूह ए मा रहेका अफ्रिकी च्याम्पियन सेनेगल र नेदरल्याण्ड्सबीच हुनेछ । यो खेल अल थुमाना रंगशालामा हुनेछ ।
राती पौने १ बजेदेखि सुरु हुने दिनको अन्तिम खेल समूह बी मा रहेका अमेरिका र वेल्सबीच हुनेछ । यो खेल अहमद विन अली रंगशालामा हुनेछ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोलले हराउँदै सुखद सुरुवात गरेको थियो । इक्वेडरका लागि एन्टोनियो भ्यालेन्सियाले दुवै गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4