
कार्तिक आर्यन । भनिन्छ, बलिउडमा प्रवेश गर्न उनले कुनै गडफादरको कृपा चाहिएन । आफ्नै बलबुतोमा हिरो भए ।
उनका परिवार चाहन्थे, कार्तिक इन्जिनियर बनोस् । सोही अनुरुप उनलाई इन्जिनियरिङ कलेज भर्ना गरियो । तर, इन्जिनियरिङका क्लास बंक गरेर फिल्मको अडिसन दिन जान्थे । एक पटक होइन, पटक पटक । आखिरमा उनलाई फिल्म मिल्यो, प्यार का पंचनामा ।
यो फिल्म राम्रै चल्यो । तर कार्तिकलाई यसबाट त्यती धेरै पारिश्रमिक हात लागेन, जसले नयाँ कार खरिद गर्न सकियोस् । अन्ततः थर्ड ह्यान्ड कार किनेर चढ्न थाले । यस कारको मूल्य भारु ६० हजार थियो । उक्त कारको ढोकामा पनि समस्या थियो । यद्यपि उनले कार खरिद गरे । किनभने कातिृक रेड कार्पेट इभेन्टमा अटो रिक्सा, बाइक वा साथीलाई लिफ्ट मागेर जानुपथ्र्यो ।
यसरी न्युन बजेटको फिल्म र थर्ड ह्यान्ड कारबाट आर्यनको बलिउड यात्रा सुरु भएको थियो ।
अहिले उनी एउटा फिल्मबाट भारु ३५–४० करोड पारिश्रमिक लिन्छन् । करोडौं मूल्यको आरमदायक गाडी चढ्छन् ।
कार्तिक खासमा बाल्यकालबाट नै अभिनेता बन्न चाहन्थे । त्यही कारण उनी कलेजमा पढाई छाडेर फिल्मको अडिसन दिन जान्थे । कार्तिकले आफ्नो मोडलिङ करियर पनि कलेज जीवनबाटै सुरु गरे । यद्यपि कार्तिक जहाँ जहाँ अडिसन दिन जान्थे, लगभग सबैतिर उनी अस्विकृत हुन्थे ।
अडिसनमा एकपछि अर्को असफलता झेल्नु परेपछि उनले अभिनयको कोर्स नै गरेका थिए ।
जब कार्तिक कलेजको तेस्रो बर्षमा थिए, तब उनलाई पहिलो फिल्ममा अवसर मिल्यो । कार्तिकले फिल्म प्यार का पंचनामाबाट अभिनय यात्रा सुरु गरे । यो फिल्ममा साइन गरेपछि मात्र उनले आफ्ना आमाबुवालाई उक्त जानकारी गराएका थिए ।
कार्तिकलाई यस फिल्मबाट भारु डेढ लाख पारिश्रमिक मिलेको थियो । भारु १० करोडको बजेटमा बनेको यस फिल्मले बक्स अफिसमा भारु १७ करोड कलेक्सन गरेको थियो ।
कार्तिकको करियर ग्राफ हेर्ने हो भने उनले अहिलेसम्म १२ वटा फिल्ममा काम गरिसकेका छन् । यसमा एउटा सर्ट फिल्म थियो र एक फिल्म धमाका । धमाका फिल्म ओटिटीमा सार्वजनिक भएको थियो ।
अहिले एउटै फिल्ममा अभिनय गरे वापत कार्तिकले भारु ४० करोडसम्म पारिश्रमिक लिने गर्छन् । उनी औसत मासिक भारु ५० लाख रुपैयाँ आर्जन गर्छन् ।
प्रतिक्रिया 4