
१५ मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छलेर विदेशी ब्राण्डका चुरोट, गुट्खा लगायतका वस्तु नेपाल भित्र्याएर बिक्री गर्ने एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।
पर्सा सखुवा पर्सौनी ३ का नवराज शर्मा भनिने छवीलाल अगस्तीविरुद्ध बिहीबार विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले अगस्तीविरुद्ध २ करोड १६ लाख बिगो माग दाबी गरेको छ । प्रतिवादीले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात बिना विदेशी ब्राण्डका चुरोट, गुट्खा नेपालमा आयात गरेर बिक्री गर्ने गरेको विभागको आरोप छ । उनले कानुनबमोजिम सरकारलाई बुझाउनुपर्ने राजस्व छलेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4