+
+

भौतिक निर्माण क्षेत्रमा धेरै चुनौती छन्, मिलेर सम्बोधन गर्नुपर्छ : मन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १२:५८
फाइल तस्वीर

२२ मंसिर, काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका
चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताए ।

भौतिक निर्माणका कामहरु गुणस्तर नहुने र समयमा नसकिने समस्याले आमजनताले दुःख पाइरहेको भन्दै उनले निर्माणका कामहरु समयमै र गुणस्तरयुक्त बनाउन व्यवसायीहरुलाई निर्देशन दिए ।

भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउनेबारेमा भने सरकारले ध्यान दिने उनको भनाइ थियो । उनले सरकार र निर्माण व्यवसायीहरुको सहकार्यविना ठूला भौतिक निर्माणका पूर्वाधारहरु निर्माण हुन नसक्ने भन्दै अब गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताए ।

‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्जहरु छन्, गुणस्तरका कामहरु नहुनेकुरा, समयमा नसकिने कुराहरु छन्, यसलाई सम्बोधन गर्न जरुरी छ । हाम्रो पनि यसमा जवाफदेहीता छ । पैसा उपलब्ध गराउने कुरामा पनि सरकारले ध्यान दिनुपर्छ’ मन्त्री चौधरीले भने ।

जबसम्म सरकार र निर्माण व्यवसायी दुवै पक्षको बीचमा संयोजन हुन सक्दैन त्यसबेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन नसक्ने उनले बताए ।

ठेकेदारले काम छोडेर भाग्दा कतिपय अवस्थामा समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै उनले निर्माण व्यवसायीहरुले यसमा ध्यान दिन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?