
२२ मंसिर, ललितपुर । मार्ग शुक्ल पूर्णिमाको दिन किराँत समुदायले उधौली पर्वका रूपमा मनाएका छन् । पितृको मान र प्रकृतिको सम्मानका रूपमा नखीपोटमा किराँत समुदायले उद्यौली पर्व मनाएका हुन् ।
प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन् ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतहरूको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा पनि आज किराँत चाड विशेष रूपमा मनाएका छन् ।
पूजापछि आ-आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत नाँच नाचेर मनोरञ्जन गरेका छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परागत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।
हेर्नुस् तस्वीरहरु :
प्रतिक्रिया 4