
२५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्नेमा दुविधा नभएको बताएका छन् ।
आइतबार प्रेस सेन्टरको केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले सरकार निर्माणमा माओवादी निर्णायक रहेको समेत बताए ।
‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ’, प्रचण्डको भनाइबारे उनको निजी सचिवालयले उल्लेख गरेको छ, ‘६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यहीँ बन्छ ।’
प्रचण्डले अन्तर्राष्ट्रिय शक्तिले समेत माओवादीलाई नजरअन्दाज गर्ने अवस्था नरहेको बताए। ‘माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4