
२६ मंसिर, काठमाडौं । निर्देशक एवम् कलाकार प्रभाकर देव शर्मा नयाँ पारिवारिक हास्य टेलिश्रृङखला “आम्मै” लिएर दर्शक माझ आउने भएका छन् ।
हिल्स होम थिएटर र विकास राज जोशीको प्रस्तुति रहेको टेलीश्रृङखला “आम्मै” आजबाट प्रत्येक सोमबार बेलुकी ८:३० बजे ईमेज च्यानल र ९ बजे ओ.यस.आर मुभिजबाट प्रसारण हुनेछ ।
साँस्कृतिक सँस्थान (राष्ट्रिय नाचघर)मा कार्यक्रम तथा योजना शाखा प्रमुखका रूपमा कार्यरत शर्मा टेलीश्रृङखला निर्देशनमा पनि सक्रिय छन्। उनले लौ मार्यो, घात प्रतिघात, जिवनचक्र, लौन भुतुक्कै पार्यो, अपराधी को ? , आमा, मेमसाब, थोरै भए पुगिसरी लगायत थुप्रै टेलीश्रृङखलाहरु निर्देशन गरिसक्नु भएको छ जुन त्यतिबेला दर्शकहरु माझ निकै नै लोकप्रिय थिए ।
‘धेरै पछि नयाँ हास्ँय पारिवारिक टेलिसिरियल “आम्मै” लिएर दर्शकमाझ उपस्थित भईरहेको छु र निकै नै आशावादी पनि छु, आदरणिय दर्शक महानुभावहरुले बिगतका काम झै यस सिरियललाई पनि धेरै माया दिनुहुनेछन्” निर्देशक शर्माले भने ।
टेलिसिरियल आम्मैमा कलाकारहरु प्रभाकर देव शर्मा, धनराम मुस्कान, नवराज भण्डारी, राजन थापा, पुष्पराज अवस्थी, अनामिका लामिछाने, सेबिता अधिकारी, संगम राई, आशिका बस्नेत, लक्ष्मण भण्डारी लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ भने यसको लेखन राजन थापाले गरेका छन् ।
त्यसैगरी मदन महर्जनको छायांकन, ओम प्रकाश अवस्थी (ईश्वर) को सम्पादन, बिपिन घिमिरे र शिला बिष्टको स्वर, गोबिन्द दुलालको व्यवस्थापन रहेको सिरियल आम्मैको मुख्य सहायक निर्देशन भने पुष्पराज अवस्थीको छ । प्रभाकर देव शर्माको निर्देशन रहेको टेलीसिरियल ‘आम्मै’ आजबाट बेलुकी ८:३० बजे ईमेज च्यानल र ९ बजे ओ.यस.आरबाट प्रासारण हुदैछ ।
प्रतिक्रिया 4