+
+

आदिवासी जनजाति ज्ञान सम्मेलनमा २३ विज्ञको कार्यपत्रमाथि बहस

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १७:५४

२८ मंसिर, काठमाडौं। आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ ।

आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक-फरक कार्यपत्रमाथि बहस र छलफल सुरू गरेका हुन् ।

सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा बहस र छलफल भएको छ ।

संस्कृति र संस्कार अन्तरगत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञानः लोक विश्वास र वैज्ञानिकता’, गणेश राई र तीर्थराज मुकारुङ राईको ‘किरात राई महिलाले प्रवर्द्धन गरेको सांस्कृतिक रंग’ विषयक कार्यपत्रमा छलफल भएको छ ।

त्यसैगरी, क्षितिज सुब्बाको ‘लिम्बुमा मृत्यु संस्कारः एक आदिवासी ज्ञान र पहिचानको सूचक’, डा. पाशाङ शेर्पाको ‘आम्ची उपचार पद्धति’, जुद्ध गुरुङको ‘बहुपति प्रथा’ र डा. टेकबहादुर गुरुङको ‘ट्रेसिङ अफ दी ओरिजिन अफ तमू एण्ड इट्स रेलेभेन्स्’ विषयमा छलफल भएको छ ।

त्यसैगरी, ‘प्रदर्शनकला र पर्यटन’ विषयमा डा. मीनबहादुर श्रीसको ‘परम्परागत ज्ञानको अभ्यास र पुस्ता हस्तान्तरणमा लोक नाटकको भूमिका’, झुमा लिम्बूको ‘हाक्पारे र आदिवासी जनजातिको ज्ञान’, भोजविक्रम बुढामगरको ‘मगर जातिमा प्रचलित युद्धकलामा आधारित सरङे नाँच’ र खिम घलेको ‘नेपाली पर्यटन विकासमा आदिवासी ज्ञानको भूमिका’ विषयक कार्यपत्रहरुमाथि छलफल भएको छ ।

सम्मेलनको दोस्रो दिन बिहीबार मातृभाषा र आदिवासी ज्ञान, परम्परागत खानपान र जलवायु परिवर्तन र विविध गरी तीन विषयमा छलफल हुने छ । ‘मातृभाषा र आदिवासी ज्ञान’ विषयमा डा. लाल रापचाको ‘लिङ्ग्वेस्टिक आर्केओेलोजी इन इण्डिजिनियस कन्टेक्स अफ नेपाल’, डा. ओमकारेश्वर श्रेष्ठको ‘नेवार कुनाबिनांको भाषावैज्ञानिक अध्यनन’, तारामणी राईको ‘स्थान नामको भू–राजनीति’ र डा. विष्णुकुमार सिङ्जालीको ‘विकास निर्माण र आदिवासी भाषा-संस्कृति’ विषयक कार्यपत्रहरुमाथि छलफल हुनेछ ।

त्यसैगरी, ‘परम्परागत खानपान’ विषयमा डा. सोम धिमालको ‘खाना परिकारः पहिचानको खोज’, कुमार यात्रुको ‘वनजन्य खाद्य स्रोतमा निर्भर हुने आदिवासी चेपाङ’ र परशु विराट राईको ‘किरात राई जातिको परम्परागत ज्ञान र सीपको व्यवसायी अवसर र चुनौती’ विषयक कार्यपत्रमा छलफल हुनेछ ।

त्यस्तै, ‘जलवायु परिवर्तन र विविध’ विषयमा डा. एसके महर्जनको ‘पार्टीसिपेटरी एक्सन रिर्सच अन क्लाइमेट चेन्ज फोकसिङ अन इण्डिजेनेटि एण्ड डिसेबिलिटी इन सिन्धुपालचोक नेपाल’, डा. लालबहादुर पुनको ‘लिभिङ हेरिटेज अफ राउटे नोमेट अफ नेपालः एन इथ्नोग्राफिक भिङग्याट’, डा. मुक्तसिङ तामाङको ‘आदिवासी ज्ञान संरक्षणमा विश्वविद्यालयको भूमिका’ र विष्णु थिङको ‘पुख्र्यौली पेशाको संकटले निम्त्याउने दुष्परिणामहरु’ विषयक कार्यपत्रहरुमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?