+
+

सांग्रिला विकास बैंकले अपग्रेड गर्‍यो मोबाइल एप

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १९:११

काठमाडौं । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाएल बैकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लिकेसन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल निर्माण गरेको बताएको छ । जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको समेत बताएको छ ।

सांग्रिला स्मार्ट डिजिटल बैंकिङका लागि ओम्नि च्यानल दृष्टिकोणमा आधारित रहेको भन्दै कम्पनीले यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट सहजै एप्लिकेसन प्रयोग गर्न प्रमाण र पास वर्ड प्रयोग गर्न अनुमति दिने भएको छ । नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तर सञ्चालन जस्ता सुविधा रहेको बताइएको छ ।

एप्लिकेसनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्वप्रसाद जोशीले बैंकले डिजिटल बैंकलाई सधै प्रबर्द्धन गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?