+
+

दि नेपाल डिस्टीलरिजको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १६:४१

काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको छ ।

यो ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्ध मध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले जानकारी दिए । उनकाअनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो । यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ।

रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ । यो मदिरा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?