
काठमाडौं । आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको फ्लेम अवार्डस् जितेको छ । रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाको १२औं संस्करणको मुख्य कार्यक्रम फ्लेम अवार्डस् एशिया २०२२ को आयोजना भारतको नयाँ दिल्लीस्थित ताज भिभान्तमा १७ डिसेम्बरमा आयोजना भएको थियो ।
आउटरिचले ११ स्वर्ण र १ रजत अवार्ड हात पारेको छ । लेमनले १ स्वर्ण, १ रजत र १ कांस्य अवार्ड जित्न सफल भएको छ भने डिजिटल इनले ३ रजत अवार्ड जितेको छ । त्यसैगरी अन्य भारतीय एजेन्सीहरुले पनि विभिन्न अवार्डहरु जित्न सफल भए ।
सन् २००६ मा स्थापना भएको फ्लेम अवार्डसले भारत र एशियामा अभ्यास गरिएका उत्कृष्ट बजारीकरण र सञ्चार क्षेत्रका परियोजनाहरुलाई सम्मान प्रदान गर्ने गर्दछ ।
फ्लेम अवार्डस् एशिया सबैभन्दा प्रतिष्ठित पुरस्कारहरु मध्येको एक भइसकेको आयोजकले जनाएको छ । आयोजक संस्था रुरल मार्केटिङ एसोशिएसन अफ इन्डिया ग्रामीण बजारीकरणलाई सृदृढ गर्न र अघि बढाउन समर्पित एक संस्था हो ।
प्रतिक्रिया 4