
काठमाडौं । भायानेट कम्युनिकेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा पुर्याएको योगदानका लागि एचआरएम लिडरसीप फिमेल अफ द इयर २०२२ अवार्डबाट सम्मानित गरिएको छ । उनी प्रविधि क्षेत्रमा नेतृत्व गर्ने महिला मध्ये एक हुन् ।
सन् २०१२ मा भायानेटको वित्त तथा सञ्चालन निर्देशकका रूपमा भायानेटमा आएकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन् । उनको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।
एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरष्कार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4