
४ माघ, काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङगल बस्ने ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सतुङ्गलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनीमाथि राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्यक्ति १० लाख रुपैयाँ भन्दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4