+
+

थानेश्वर गौतमको ‘जिउने चाहना’ मा केकी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १३:२८

काठमाडौँ। गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको जिउने चाहना बोलको गजलको भिडियो रिलिज गरिएको छ ।

डाक्टर रमिल अधिकारीका शब्द शृजना रहेको गजलको भिडियो उनले आफ्नो जन्मदिनको अवसर पारेर बजारमा ल्याएका हुन् ।

डाक्टर अधिकारीले आफ्नो जन्मदिनको शुभ अवसर पारेर रिलिज गरेको भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ ।

एक प्रेमील जोडीबिचको प्रेम र विरहको कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले सम्पादन गरेका हुन् ।

गीतकार पोखरेली युवा डाक्टर अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् ।

न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजल्याण्डका लागि पर्यटनदुतका रुपमा पनि कार्यरत छन् ।

सार्वजनिक गीत गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?