
२० माघ, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिर्पटले हानेर बाबुको हत्या गरेका छन् ।
गएराति चन्द्रपुर नगरपालिका-६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई छोरा प्रकाश राईले दाउराको चिर्पटले हानी हत्या गरेको इलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुरका डीएसपी सन्तुप्रसाद जयसवालले बताए ।
डीएसपी जयसवालका अनुसार घरायसी विवादका क्रममा छोरा प्रकाशले चिर्पटले बुवा निरकुमारलाई आक्रमण गरेका थिए । टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमार उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बाबुको हत्या आरोपमा ३२ वर्षीय छोरा प्रकाश राईलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4