+
+

सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नहुँदा पूँजीबजार विकासमा समस्या : सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १७:५५

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले पूँजीबजारलाई हेर्ने सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पूँजीबजारको विकासमा अवरोध आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन् ।

सरकारले पूँजीबजारलाई हेर्ने दृष्टिकोण स्पष्ट नहुँदा पूँजीबजार लगानीकर्ताको ठूलो पूँजी गुमेको उनले बताए । उनले खुला अर्थ व्यवस्थामा सर्वसाधारणहरुसँग छरिएर बसेको सानो रकम जम्मा परेर ठूलो पूँजी निर्माण गर्ने र ठूला व्यवसायी कम्पनीहरुको नाफा जनतामा वितरण गर्ने प्रमुख माध्यम पूँजीबजार भएको बताए ।

उनले पूँजीबजारलाई प्राप्त उपयोग गर्नसक्ने हो भने जनतासँग भएको सानो पूँजी एकीकृत गरी ठूला परियोजना बनाउन सकिने बताए । उनले पूँजीको प्राप्त विकल्पमा अल्टरनेट स्रोत फण्डको स्थापना गर्नु महत्वपूर्ण चुनौती रहेको बताए । उनले सरकारको बजेटको संरचनागत परिवर्तनका लागि कठोर निर्णय नलिएसम्म आर्थिक विकासको गतिलाई तीव्र बनाउन नसकिने बताए ।
सांसद चौधरीले आर्थिक मन्दीका कारण राजस्व संकलन चुनौती बनेको बताए ।

‘आर्थिक मन्दिका कारण राजस्व संकलन चुनौती बनेको छ । २५ वैशाखसम्ममा बजेटको लक्ष्यको तुलनामा ५२ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । नेपालको जीडीपीमा राजस्वको अनुपात २० प्रतिशत पुगेको छ । भारतमा यसको अनुपात १२ प्रतिशत र बंगलादेशमा ७ प्रतिशत मात्रै रहेको छ । तर नेपालमा राजस्व उठाउने संकलनमा चुहावट पनि गम्भीर रहेको छ,’ उनले भने ‘कर प्रणालीलाई प्राविधिक रुपमा आधुनिक, टेक्नोलोजीमा आधारित बनाई स्पष्ट घोषित आधारभूत सिद्धान्त, अन्तर्राष्ट्रिय मान्यता अनुरुप नीतिहरु सक्षम बनाउन सकियो भने राजस्व संकलन बढाउने मात्रै नभएर चुहावट रोक्न सकिन्छ ।’

पूँजीबजारलाई प्राप्त उपयोग गर्नसक्ने हो भने जनतासँग भएको सानो पूँजी एकीकृत गरी ठूला परियोजना बनाउन सकिने उनले बताए । तर राज्यसँग पूँजीबजारलाई हेर्ने स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध भएको उनको भनाइ छ । उनले भने, ‘बजारले ठूलो पूँजी गुमाएको छ । पूँजी ठप्प छ । पूँजीमा प्राप्त विकल्पमा अल्टरनेट स्रोत फण्डको स्थापना गर्नु अहिलेको अत्यन्तै महत्वपूर्ण चुनौती हो । सरकारको बजेटको संरचनागत परिवर्तनका लागि कठोर निर्णय नलिएसम्म आर्थिक विकासको गतिलाई तीब्र बनाउन गाह्रो देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?