+
+

पत्रकार पदमराज जोशीलाई ५० हजार राशिको ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १४:००

काठमाडौं, १७ जेठ स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन्।

विश्व धूम्रपानरहित दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडेका प्रधानसम्पादक जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

उक्त पुरस्कारको राशि नगद ५० हजार रुपैयासहित प्रमाणपत्र रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य पत्रकारहरुमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार जोशीको नाम पुरस्कारका लागि छनौट गरेको हो।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट सूर्तिजन्य पदार्थविरुद्घ जनचेतना विस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनिकरणमा बिशेष योगदान गरेको मूल्यांकनका आधारमा स्वास्थ्य पत्रकार जोशीलाई ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

दुई दशकदेखि निरन्तर स्वास्थ्य पत्रकारितामा संलग्न जोशी हाल हेल्थ टुडे राष्ट्रिय मासिक र हेल्थटुडेनेपालडटकम अनलाईनका सम्पादक हुन। आमसञ्चार र पत्रकारितामा एमफिल गरेका पत्रकार जोशी स्वास्थ्य पत्रकारिता बाहेक स्वास्थ्य पत्रकारिताको प्रशिक्षण, अध्ययन् र अनुसन्धानमा पनि संलग्न छन्।

विश्व धूम्रपान दिवसकै अवसरमा माध्यमबाट सूर्तिजन्य पदार्थ विरुद्घको अभियानमा गरेको योगदानको कदर गर्दै पत्रकार जोशी सहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका डा. भक्त केसी, वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. रिता सिंह, एक्सन नेपाल, बिराटनगर महानगरपालिका र नेपाल विकास अनुसन्धान प्रतिष्ठान रहेका छन्। पुरस्कृत सबैलाई जनही नगद ५० हजार रुपैया सहित पुरस्कृत गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सूर्तिजन्य पदार्थ विरुद्दको अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । हरेक वर्ष मार्ग ३१ का दिनलाई विश्व धुम्रपान रहित दिवसका रुपमा मनाइने गरिन्छ।

नेपालमा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने रोगहरुबाट वर्षेनि ३७ हजार जनाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। नेपालमा कुल जनसंख्याको २७ प्रतिसतले सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको पछिल्लो अध्ययनले देखाएको छ।

सूर्तिजन्य पदार्थको बट्टामा ९० प्रतिशत भागमा चेतावनीमुलक घातक चित्र राख्ने प्रतिवद्दता जनाएपछि सन् २०१५ मा नेपाललाई युएईमा ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्रदान गरिएको थियो।

पुरस्कार स्वरुप प्राप्त भएको एक लाख अमेरिकी डलर (करिब १ करोड नेपाली रुपैया) राशिको स्वास्थ्य मन्त्रालयले छुट्टै अक्षय कोष बनाएर त्यसबाट प्राप्त हुने ब्याज रकम सूर्तिजन्य पदार्थ विरुद्दको अभियानमा योगदान गरेका व्यक्ति र संस्थालाई दिने निर्णय गरेको थियो।

यस व्यवस्था अनुसार पहिलो पटक २०७६ सालमा व्यक्ति र संस्था गरी ६ जनालाई पुरस्कार प्रदान गरिएको थियो। त्यसपछि कोभिड १९ का कारण यो पुरस्कार बितरण गरिएन। यो वर्ष बल्ल दोश्रो पटक पुरस्कार बितरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?