+
+

पाटनमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्रा (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० माघ ५ गते २१:०२

५ माघ, काठमाडौं । ललितपुरको पाटनमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्रा प्रदर्शन गरिएको छ ।

काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती  खोकनामा ऐतिहासिक रुपमा मनाइने रुद्रायणी देवीको जात्रा हरेक १२ वर्षमा खोकना बाहिर पनि पुग्ने गरेको छ ।

त्यसै क्रममा मंसिर १३ गते खोकनाबाट सानो खोकनाहुँदै बाहिरिएको यो जात्रा पाटनमा देखाइएको हो ।

पाटनका विभिन्न ठाउँमा देखाएर माघ २० गते यो जात्रा खोकना फर्कने छ । त्यसपछि फेरि यो जात्रा चन्द्रगिरी र काठमाडौं बसन्तपुरमा लगिने ललितपुर महानगरपालिका वडानम्बर २१ का खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए ।

पाटनमा देखाइएको रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राका तस्वीरहरु हेर्नुहोस् :

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?