+
+

नेपाल–भारत विद्युतीय भुक्तानी प्रणाली विकास गर्न नियामकीय संयन्त्र स्थापना हुने

नेपाल राष्ट्र बैंकका अनुसार भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (यूपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १८:३५

३ फागुन, काठमाडौ । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ ।

नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबीआईबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको हो ।

राष्ट्र बैंकका अनुसार भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (यूपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो ।

राष्ट्र बैंक र आरबीआईबीच बिहीबार सम्झौता भएको हो । सम्झौताका लागि राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारी भारत मुम्बईमा छन् । गभर्नर अधिकारी र आरबीआई गभर्नर शक्तिकान्त दासको उपस्थितिमा मुम्बईमा सम्झौतामा हस्ताक्षर भएको हो ।

सरकारले यसअघि नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सुरु गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण क्रममा सम्झौता भएको थियो ।

गत जेठमा भारत भ्रमणका बेला प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी हुने सम्झौता भएको थियो ।

राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र आरबीआईको समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास गरेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच अन्तरदेशीय विद्युतीय भुक्तानी सम्झौता भएको थियो ।

सकारी तहमा नै सम्झौतापछि राष्ट्र बैंकले आवश्यक पूर्वाधार अगाडि बढाएको थियो । बिहीबार दुवै देशका केन्द्रीय बैंकले अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि द्विपक्षीय नियामकीय संयन्त्र बनाउने सम्झौतासँगै अन्तरदेशीय विद्युतीय भुक्तानी प्रक्रिया थप अगाडि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?