+
+

हरित ऊर्जा प्रवर्द्धन गर्न ‘हिमालयन हाइड्रो एक्स्पो’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १३:१२

८ चैत, काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने मूल नारासाथ ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने भएको छ । एक्स्पो १२ देखि १४ वैशाख २०८१ मा हुनेछ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रालिको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो ।

तीन दिनसम्म सञ्चालन हुने चौथो संस्करणको एक्स्पोमा १ सयभन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीका स्टल रहनुका साथै सात विषयमा सेमिनार सञ्चालन हुनेछन् ।

५० हजारभन्दा धेरैले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी एक्स्पोमा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने विषयवस्तु केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपावर सामग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने ‘जलविद्युत् उत्पादन र सेवा प्रतियोगिता’ आयोजना गर्न लागिएको इप्पानले जनाएको छ ।

नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्त्व दर्शाउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । हरेक प्रतिस्पर्धाका विजेताले ४४/४४ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

छोटो भिडियो बनाउँदा ९० सेकेन्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्त्व दर्शाउनुपर्ने छ । उक्त भिडियो आयोजक संस्था इप्पानको वेबसाइट, इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेबसाइट, हिमालयन हाइड्रो एक्स्पोको वेबसाइट तथा अफिसियल सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, युटुब, लिंक्डइन लगायतमा पोस्ट गरिने इप्पानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?