
९ चैत, काठमाडौैं । नेपाल स्टक एक्स्चेन्जमा फागुन महिनामा कुल ६१ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हाइड्रोपावर समूह रह्यो । फागुनमा सो समूहका कम्पनीहरुको मात्रै २३ अर्ब ३९ करोड रुपैयाँको कारोबार भयो ।
हाइड्रोपावरपछि उत्पादन समूहका कम्पनीहरुको कारोबार उच्च छ । सो समूहका कम्पनीहरुको ७ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । वाणिज्य बैंकमा सबैभन्दा धेरै कारोबार एनआईसी एसियाको ९५ करोड २३ लाखको भएको छ । एनआईसीपछि नबिलको ५२ करोड ५९ लाख र कुमारीको २८ करोड १९ लाखको भइ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
विकास बैंकमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो– साइन रेसुङ्गा विकास बैंक । फागुनमा विकास बैंक समूहको कुल २ अर्ब ३० करोडको कारोबार हुँदा साइनको मात्रै ३० करोड ३१ लाखको भयो । साइनपछि क्रमशः कामना सेवाको २४ करोड ८ लाख र गरिमाको २२ करोड ९३ लाखको भएको छ ।
त्यस्तै फाइनान्स समूहमा सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनी हो– गोर्खाज फाइनान्स । फाइनान्स समूहको कुल ४ अर्ब ३ करोडको कारोबार हुँदा गोर्खाजको मात्रै १ अर्ब १४ करोडको कारोबार भयो । यसपछि नेपाल फाइनान्सको ५७ करोड ११ लाख र आईसीएफसी फाइनान्सको ३२ करोड ६४ लाखको कारोबार भयो ।
हाइड्रोपावर समूहमा सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमा जोशी हाइड्रोपावर छ । यस समूहको कुल २३ अर्ब ३९ करोडको कारोबार हुँदा जोशीको १ अर्ब ४६ करोडको कारोबार भयो । दोस्रोमा रहेको ङादी ग्रुपको १ अर्ब ५ करोड तथा तेस्रोमा रहेको मोलुङ हाइड्रोपावर कम्पनीको ९९ करोड १९ लाखको कारोबार भएको छ ।
लगानी समूहका कम्पनीहरुको कुल ३ अर्ब १६ करोडको कारोबार भएकोमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको ९९ करोड ११ लाखको कारोबार भयो । त्यस्तै हाथवेको ९० करोड ४८ लाख र नागरिक लगानी कोषको ४४ करोड ५४ लाखको कारोबार भयो ।
जीवन बीमा समूहका कम्पनीहरुको ४ अर्ब १७ करोडको कुल कारोबार भएकोमा सन नेपाल लाइफको सबैभन्दा धेरै ९३ करोड ३४ लाखको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाखको कारोबार भयो भने एसियन लाइफको ४५ करोड ६ लाखको कारोबार भयो ।
त्यस्तै उत्पादन समूहका कम्पनीको कुल ७ अर्ब २३ करोडको कारोबार भएकोमा सोनापुर मिनरल्सको सबैभन्दा धेरै २ अर्ब ६२ करोड, शिवम् सिमेन्टको २ अर्ब २३ करोड तथा हिमालयन डिस्टलरीको ९७ करोड ४४ लाखको कारोबार भयो ।
माइक्रोफाइनान्स समूहका कम्पनीहरुको कुल ३ अर्ब ६ करोडको कारोबार भयो । जसमा सीवाईसी लघुवित्तको सबैभन्दा धेरै २१ करोड ७९ लाख, छिमेक लघुवित्तको १५ करोड ९१ लाखको कारोबार भयो भने उन्नति सहकार्यको १३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो ।
निर्जीवन बीमा समूहका कम्पनीहरुको २ अर्ब ५४ करोडको कारोबार भएकोमा आईजीआई प्रुडेन्सियलको सबैभन्दा धेरै ४७ करोड ६१ लाखको कारोबार भयो । नेपाल इन्स्योरेन्सको ४१ करोड ९ लाख र सानिमा जीआईसीको ३१ करोड ४६ लाखको कारोबार भयो ।
अन्य समूहका कम्पनीहरुको कुल ४ अर्ब ७९ करोडको कारोबार हुँदा हिमालयन रिको सबैभन्दा धेरै २ अर्ब ९९ करोडकाो कारोबार भयो । नेपाल रिइन्स्योरेन्सको ५२ करोड १७ लाख र नेपाल रिपब्लिक मिडियाको ४३ करोड ८ लाखको कारोबार भयो ।
होटल तथा पर्यटन समूहका कम्पनीहरुको कुल १ अर्ब ८ करोडको कारोबार हुँदा सोल्टीको सबैभन्दा धेरै ४२ करोड ३५ लाख, चन्द्रागिरि हिल्सको ३० करोड १७ लाख र सिटी होटलको १४ करोड ४२ लाखको कारोबार भयो ।
फागुनमा सबैभन्दा धेरै रकमको काराेबार भएका विभिन्न समूहका ३/३ कम्पनी
कम्पनी | कारोबार रकम | कम्पनी | कारोबार रकम |
एनआईसी एसिया बैंक | ९५ करोड २३ लाख | जोशी हाइड्रोपावर | १ अर्ब ४६ करोड |
नबिल बैंक | ५२ करोड ५९ लाख | ङादी ग्रुप | १ अर्ब ५ करोड |
कुमारी बैंक | २८ करोड १९ लाख | मोलुङ हाइड्रोपावर | ९९ करोड १९ लाख |
साइन रेसुङ्गा | ३० करोड ३१ लाख | एनआरएन इन्फ्रास्ट्रक्चर | ९९ करोड ११ लाख |
कामना सेवा | २४ करोड ८ लाख | हाथवे इन्भेस्टमेन्ट | ९० करोड ४८ लाख |
गरिमा | २२ करोड ९३ लाख | नागरिक लगानी कोष | ४४ करोड ५४ लाख |
गोर्खाज फाइनान्स | ४ अर्ब ३ करोड | सन नेपाल लाइफ | ९३ करोड ३४ लाख |
नेपाल फाइनान्स | ५७ करोड ११ लाख | हिमालयन लाइफ | ५० करोड ९५ लाख |
आईसीएफसी फाइनान्स | ३२ करोड ६४ लाख | एसियन लाइफ | ४५ करोड ६ लाख |
सीवाईसी लघुवित्त | २१ करोड ७९ लाख | सोनापुर मिरल्स | २ अर्ब ६२ करोड |
छिमेक लघुवित्त | १५ करोड ९१ लाख | शिवम् सिमेन्ट | २ अर्ब २३ करोड |
उन्नति सहकार्य | १३ करोड ९० लाख | हिमालयन डिस्टिलरी | ९७ करोड ४४ लाख |
आईजीआई प्रुडेन्सियल | ४७ करोड ६१ लाख | हिमालयन रि | २ अर्ब ९९ करोड |
नेपाल इन्स्योरेन्स | ४१ करोड ९ लाख | नेपाल रि | ५२ करोड १७ लाख |
सानिमा जीआईसी | ३१ करोड ४६ लाख | नेपाल रिपब्लिक मिडिया | ४३ करोड ८ लाख |
स्रोत : नेप्से
प्रतिक्रिया 4