+
+
Shares

हराइरहेको श्रीमान् खोजिदिन आग्रह, अफिस जान भनी घरबाट निस्किएका थिए

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १७:०१

काठमाडौं । गएको १३ गते बिहान कार्यालय जान घरबाट निस्किएका दिल्ली ओझा हराएको भन्दै घरपरिवारले खोजिदिन आग्रह गरेका छन् । ५२ वर्षीय उनले गाढा निलो क्याप, आकाशे निलो सर्ट, गाढा निलो टाउजर र गोल्ड स्टार जुत्ता लगाएका छन् भने एकातिर कालो झोला बोकेको श्रीमती भीमा ओझाले बताइन् ।

उनी अल्जाइमर्सका रोगी थिए । त्यसैले घरबाहिर आउजाउ गर्नका लागि एक जना सहयोगी राखिएको थियो । श्रीमती ओझाका अनुसार त्यसदिन पनि उनी सहयोगीसँगै घरबाट अघिपछि लागेर निस्केका थिए । ग्वार्को चोकमा पुगेपछि सहयोगी देखेनन् र अलमलमा परे ।

‘सीसी टिभीमा हेर्दा उहाँ ग्वार्को चोकमा सहयोगी नदेखेपछि यताउता हेरेको र आत्तिएको देखिन्छ,’ श्रीमती ओझाले भनिन्, ‘त्यसपछि इमाडोलतिर लाग्नुपर्ने मान्छे कोटेश्वरतिर हिंडेका रहेछन् ।’ प्रहरीले खोजी गर्दा भक्तपुर राधेराधेको सीसी टिभीमा उनी हिंडिरहेको देखिएका छन् । सो सीसी टिभी फुटेज उनी हराएकै दिनको ११ बजेतिरको हो ।

ओझा विगत तीन वर्षदेखि अल्जाइमर्सको औषधि खाइरहेका थिए । ‘एक वर्षयता उनको स्मरण क्षमता निकै कमजोर भएको थियो,’ श्रीमती ओझा भन्छिन्, ‘बोल्नसमेत बिर्सन थाल्नुभएको थियो ।’

गाडी दुर्घटनामा परेर टाउकोमा चोट लागेदेखि उनमा बिर्सने समस्या बढेको थियो । त्यसयता उनी गाडी चढ्दैनथे । ‘बिर्सने समस्याले गर्दा दिनमा दुई पटक औषधि खानुपर्ने मान्छे,’ श्रीमती ओझा भन्छिन्, ‘पाँच दिन भयो हराएको, केही अत्तोपत्तो छैन ।’

पछिल्लो पटक भक्तपुर क्षेत्रको सीसी टिभीमा देखिएकाले सो आसपासमा भेटिए परिवारलाई खबर गरिदिन उनले आग्रह गरेकी छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?