+

नेपालका अनिल साहले पनि बनाए अर्धशतक

२०८१ वैशाख  २२ गते १५:१२ २०८१ वैशाख २२ गते १५:१२
नेपालका अनिल साहले पनि बनाए अर्धशतक

२२ वैशाख, काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको टी–२० सिरिजमा नेपालका अनिलकुमार साहले अर्धशतक पूरा गरेका छन् ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको पाचौं तथा अन्तिम खेलमा अनिलले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

वेष्टइण्डिजले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेख पनि अर्धशतक पूरा गर्दै ५१ रनमा आउट भएका थिए ।

नेपालका कुशल भुर्तेलले १३ रन जोडे भने कुशल मल्ल १० रनमा अविजित छन् । नेपालले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।

 

क्रिकेट वेष्टइण्डिज सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय