+

हालान्डको २ गोलमा म्यानचेष्टर सिटी उपाधि नजिक

२०८१ जेठ  २ गते ७:५६ २०८१ जेठ २ गते ७:५६
हालान्डको २ गोलमा म्यानचेष्टर सिटी उपाधि नजिक

२ जेठ, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मदतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा मंगलबार राति टोटनहमलाई २-० ले पराजित गरेको छ ।

यस जितपछि आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको सिटीले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

अब लिगमा एक चरणको खेल बाँकी हुँदा सिटीले बर्सनलमाथि २ अंकको अग्रता बनाएको छ ।

टोटनहमको मैदानमा भएको खेलमा हालान्डले ५१औं र इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे ।

लगातार चौथो पटक प्रिमियर लिग उपाधि जित्नबाट अब सिटी एक खेल मात्र टाढा छ ।

सिटीले अब अन्तिम खेल घरेलु मैदानमा वेष्टहमसँग खेल्नेछ । यस्तै आर्सनलले एभरटनसँग खेल्न बाँकी छ ।

यस सिजन प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दा अन्तिम खेलपछि मात्र विजेताको टुङ्गो लाग्ने भएको छ ।

एर्लिङ हालान्ड म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय