+

भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपालको प्रतिस्पर्धात्मक योगफल

२०८३ असार  २९ गते २०:५३ २०८३ असार २९ गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओपनर कुशल भुर्तेलले १०५ रनको शतकीय इनिङ खेलेपछि जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा नेपालले चुनौतीपूर्ण योगफल खडा गरेको छ ।
  • नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २५० रन बनायो ।
  • नेपाली टोलीले बुधबार जर्सीसँग अर्को अभ्यास खेल खेलेपछि नेदरल्यान्ड्समा नामिबिया सम्मिलित लिग २ को त्रिदेशीय शृङ्खलामा सहभागिता जनाउने छ ।

२९ असार, काठमाडौं । ओपनर कुशल भुर्तेलले शतक बनाएपछि नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।

जर्सीको ग्रानभिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २५० रन बनायो ।

यसअघि ३१औं ओभर चलिरहँदा नेपाल १५८-२ को अवस्थामा रहँदा वर्षा भएपछि करिब डेढ घण्टा खेल रोकिएको थियो । खेल पुन: सुरु हुँदा ओभर घटाइएको थिएन ।

भुर्तेल ११७ बलमा १०५ रन बनाएर आउट भए । उनले १३ चौका प्रहार गरे । त्यस्तै भीम सार्कीले ३९ रन बनाए ।

एक समय २९औं ओभरमा १४८-१ अनि ३५औं ओभरमा १७२-२ को बलियो अवस्थामा देखिएपनि नेपाली टोलीको ब्याटिङ त्यसपछि धर्मरायो ।

जर्सीका लागि डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रीनवूडले २-२ विकेट लिँदा जर्ज रिचार्डसन र चार्ल्स पर्चार्डले १-१ विकेट लिए ।

जर्सीसँग बुधबार अर्को एकदिवसीय खेल खेलेपछि नेपालले नेदरल्यान्ड्समा नामिबिया पनि सम्मिलित लिग २ को त्रिदेशीय शृङ्खला खेल्नेछ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय