+

अलाभेजको पोष्टमा रियल मड्रिडको ५ गोल

२०८१ जेठ  २ गते ८:०० २०८१ जेठ २ गते ८:००
अलाभेजको पोष्टमा रियल मड्रिडको ५ गोल

२ जेठ, काठमाडौं । स्पानिस ला लिगाको उपाधि पक्का गरिसकेको रियल मड्रिडले मंगलबार राति भएको खेलमा अलेभजलाई ५-० ले पराजित गरेको छ ।

रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे । यस्तै जुड बेलिङघम, फेडेरिक भलभेर्डे र अर्दा गुलेरले एक-एक गोल गरे ।

बेलिङघमले यस सिजनको १९औं गोल गर्दै १०औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए ।

भिनिसियसले २७औं मिनेटमा अग्रता दोब्बर पारे । उनले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

भेलभर्डेले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । यस्तै गुलेरले ८१औं मिनेटमा गोल गरे ।

जितपछि रियलले ३६ खेलबाट ९३ अंक जोडेको छ । अलाभेज ३६ खेलबाट ४२ अंकसहित ११औं स्थानमा छ ।

रियल मड्रिड स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय