+

प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण

२०८२ जेठ  २५ गते १७:५१ २०८२ जेठ २५ गते १७:५१
प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानको निर्माण कार्य स्थलगत निरीक्षण गरे।
  • उहाँले ३०० दिनभित्र अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गर्नुभयो।
  • निर्माण कार्यको प्रगति र सम्झौताका बारेमा जानकारी लिइएको थियो।

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल कीर्तिपुर पुगेका थिए ।

प्रधानमन्त्री ओलीले निर्माण कार्यका प्रमुख चक्रवर्ती कंठससिहत संलग्न निर्माण व्यवसायीहरूसँग हालसम्मको कार्य प्रगतिबारे जानकारी लिए ।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए ।

प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय