+

टी२०आईमा किरण र रुपेशको डेब्यू

२०८२ असार  २ गते १९:३४ २०८२ असार २ गते १९:३४
टी२०आईमा किरण र रुपेशको डेब्यू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका किरण ठगुन्ना र रुपेश सिंहले स्कटल्याण्डमा भएको त्रिदेशीय टी-२०आई शृंखलामा डेब्यू गरे।
  • नेपालले नेदरल्याण्ड्ससँगको खेलमा टस जितेर पहिले बलिङ गरिरहेको छ
  • यो नेपालको १००औं टी-२०आई खेल हो।

२ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले डेब्यू गरेका छन् ।

स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा दुई खेलाडीले डेब्यूको मौका पाएका हुन् ।

किरण नेपालको ५०औं तथा रुपेश ५१औं टी-२०आई खेलाडी बनेका छन् । दुवै खेलाडीलाई करण केसीले डेब्यू क्याप प्रदान गरे ।

नेपालले खेलमा टस जितेर पहिले बलिङ गर्दै छ । यो नेपालको १००औं टी-२०आई खेल पनि हो ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), अनिल के साह (विकेटकिपर), कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, ललित राजवंशी, नंदन यादव, किरण ठगुन्ना, लोकेश बम, रुपेश के सिंह ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय