+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

रातो मत्स्येन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइयो (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ साउन १७ गते २०:५०

१७ साउन, काठमाडौं। रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको छ ।

दिउँसो ३ बजेर ४९ मिनेटमा लगनखेलबाट रथ तानिएको थियो । वर्षा र सहकालको देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ ।

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ।

हेर्नुहोस् तस्वीरहरू : 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?