+
+
Shares

‘बोर्डरमा राति १२ बजेदेखि बिहान ४ बजेसम्म तस्कारको राज चलिरहेछ’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १९:१२

१२ फागुन, काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले रातिको समयमा बोर्डबाट तस्कारी हुने गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘… दुई किलो चिनी रोकिन्छ । दुई लिटर तेल रोकिन्छ । तर, दुई ट्रक सामान राति बाह्र बजेदेखि बिहान चार बजेसम्म भित्रिन्छ,’ उनले भने ।

यो विषयमा आफूले गृहमन्त्रीलाई बारम्बार जानकारी गराएको पनि उनले बताए । उनी भन्छन्, ‘मैले बारम्बार गृहमन्त्रीलाई भनेको छु– म सँग हिड्नुस् बाह्र बजेदेखि चार बजेसम्म कसको राज हुन्छ ।’

बोर्डरमा राति बाह्र बजेदेखि बिहान चार बजेसम्म तस्कारको राज हुने गरेको उनले बताए ।

‘त्यो तस्कारहरू राजनीतिक दलसँग सम्बध छ । राजनीतिक प्रभावमै त्यो प्रभावित भएर चल्छ,’ उनी भन्छन्, ‘देशको तमाम विचौलिया, तमाम तस्कर रानीतिक दलसँग आवद्ध छ । यसको सर्भे हुनुपर्छ । गृहमन्त्रालयले यसको डाटा राख्नुपर्छ । यो मेरो बुझाइ हो । किनकी गृहमन्त्रालयको संरक्षणमा तस्करी चल्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?