+
+
डा. राजेन्द्र कोजुसँग कुराकानी :

उच्च रक्तचाप भएपछि आजीवन औषधि खानैपर्छ ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ भदौ ९ गते १८:११

उच्च रक्तचाप हिजोआज धेरैको साझा समस्याको रुपमा देखिएको छ । तर यो समस्याबाट पीडित हुँदाहुँदै पनि केही भ्रमका कारण मान्छेहरु यसको औषधि खान हिचकिचाउँछन् । कतिपयमा के भ्रम छ भने उच्च रक्तचापको औषधिलेअन्य समस्याहरु निम्त्याउन सक्छ ।

जसले मिर्गौला र मुटुको समस्या जस्ता अन्य समस्या निम्तिन्छ भन्ने भयले औषधि खाने गर्दैनन् । तर के यो यथार्थ हो त ? उच्च रक्तचापको सम्बन्धमा देखिएका भ्रम र यथार्थको बारेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग हामीले केही प्रश्न गरेका छौं ।

उच्च रक्तचाप भएपछि औषधिविना वा जीवनशैली परिवर्तन गरेर पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ?

यसको लागि सबैभन्दा पहिले उच्च रक्तचाप के कारणले भएको छ पत्ता लगाउनु पर्छ । जस्तो अन्य विभिन्न रोगहरुका कारणले रक्तचाप भएको छ भने सम्बन्धित स्वास्थ्य समस्या निको भएपछि यो पनि स्वतः निको हुन्छ । रक्तचापको यस्तो कारण १० प्रतिशत जति हुन्छ ।

बाँकी रहेको ९० प्रतिशत रक्तचापको कारण हाम्रो खराब व्यवहार र चलनचल्तीका कारण हुन सक्छ । जस्तो, धेरै चिन्ता लिने, धुम्रपान गर्ने, नुन धेरै खाने मोटोपना जस्ता कारणले उच्च रक्तचाप बढेको हुन्छ । यसरी बढेको रक्तचाप सुरु भइसकेपछि नियमित औषधि खाएर मात्रै नियन्त्रणमा ल्याउनुपर्छ जीवनशैली सुधारेर यसलाई निर्मूल पार्न सकिन्न ।

कुन अवस्थामा उच्च रक्तचापको औषधि खानुपर्छ ?

सामान्यतया रक्तचाप माथिल्लो १६० र तल्लो ११० पुग्यो भने औषधि खानुपर्ने हुन्छ । तल्लो ९० वा १०० र माथिल्लो १४० जति मात्रै भएको छ भने औषधि नै खानुपर्ने बाध्यता हुँदैन । आफ्नो जीवनशैली र खानपानमा सुधार ल्याउँदा हुन्छ । खानपानमा नुन कम खाने, सागसब्जी धेरै खाने गर्नुपर्छ । यसो गर्दा १० मिलिमिटर मर्करी घटाउन सकिन्छ ।

औषधि सुरु गरेपछि छाड्नै मिल्दैन भनिन्छ नि, के एकपटक औषधि सुरु गरेपछि आजीवन खानुपर्छ ?

उच्च रक्तचापको औषधि सेवन गर्नु भनेको नै अब जीवनशैलीले मात्रै रक्तचाप नियन्त्रणमा आएन । रक्तचाप नियन्त्रणमा ल्याउनकै लागि औषधिको प्रयोग गरिएको हो । एक दिन औषधि खान छाड्यो भने यो फेरि बढ्छ । फेरि बढ्यो भने घटाउनको लागि औषधि खानुपर्छ । कुनै कारणले क्षणिक रुपमा मात्रै रक्तचाप बढेको छ भने बीचमा छाड्न पनि सक्ने अवस्था हुन्छ ।

उच्च रक्तचाप भएर पनि औषधि सेवन गरिएन भने कति गम्भीर असर पर्छ ?

रक्तचाप भएर पनि बेवास्ता धेरै गरियो भने यसले अरु अंगमा पनि असर गर्छ । जस्तो कसैलाई खुट्टा सुनिने, सुख्खा खोकी लाग्ने, पुरुषहरुमा यौन चाहना कम हुने जस्ता समस्याहरु देखिन सक्छ । औषधि भयो भने त्यसको सट्टा अर्काे औषधि

उच्च रक्तचापको औषधि सुरु गरेपछि के कस्ता कुरामा सावधानी अपनाउनुपर्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा त समयसमयमा रक्तचाप जँचाइ राख्नुपर्यो । जीवनयापनमा ध्यान दिनुप¥यो । सकेसम्म तौलहरु बढेको भए त्यसलाई कम गर्ने, धुम्रपान कम गर्ने गर्नुपर्छ । औषधिको केही केही साइडइफेक्ट भयो भने औषधि पनि फेर्नुपर्ने हुन सक्छ । औषधिको साइड इफेक्टले पनि औषधि सेवन नगर्दा जस्तै समस्या देखिन सक्छ । त्यसैले मुटुमा र किड्नीमा असर परेको छ कि छैन भनेर समयसमयमा जँचाइराख्नु पर्छ । सबैभन्दा धेरै त चिन्ता कम गर्नुपर्छ  ।

उच्च रक्तचापको औषधि कुन समयमा खानु उपयुक्त हुन्छ ?

विशेषगरी उच्चरक्तचापको औषधि बिहानको लागि खान दिइन्छ । धेरैले बिर्सिन्छन् भनेर या अन्य कारणले पनि बिहान खाने औषधि धेरै दिइन्छ । तर व्यक्तिको समस्याको आधारमा दिउँसो र साँझ वा राति खाने औषधि पनि हुन्छ ।

उच्च रक्तचापमा डाक्टरले जुन कम्पनीको औषधि सिफारिस गर्छन्, त्यही नै मात्र खानुपर्छ भन्ने आमधारणा छ नि ?

एउटै कम्पनीको खानुपर्छ भन्ने कडा नियम छैन । बिरामीको लागि जुन एफोर्ट गर्न सक्ने खालको छ त्यही अनुसारको औषधि दिइन्छ । अहिले नेपाली कम्पनीको औषधि पनि राम्रो राम्रो आएको छ । कसैले पहिलेदेखि नै खाँदै आएका छन् भने भारतीय औषधि नै धेरै खानुपर्ने हुन सक्छ ।

केही गरी औषधि खान बिर्सियो भने के हुन्छ ?

सामान्यतया हरेक रक्तचापको औषधि नियमित खानुपर्ने खालको हुन्छ । एउटा औषधिको सामान्य प्रभाव २४ घण्टाको लागि मात्रै हुने भएकोले एक दिन औषधि खान भुलियो भने त्यसले रक्तचाप बढाएर अरु असर निम्तिन सक्छ । त्यसैले यो औषधि खान भुल्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?