६ असोज, काठमाडौं । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।
मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4