
काठमाडौं । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ ।
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरकले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो मोटरसाइकल एक्सेञ्ज गरी नयाँ यामाहा मोटरसाइकल वा स्कूटी घरमा भित्र्याउने महामेला आयोजना गरेको हो ।
काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारदेखि शुरु भएको महा एक्सचेञ्ज मेला आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।
भृकुटिमण्डपमा सञ्चालित महा एक्सचेञ्ज मेला यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आयोजना गरेको नेपालकै सबैभन्दा भव्य एवं बृहत्तर एक्सेञ्ज कार्यक्रम हुने कम्पनीको दावी छ ।
पुराना कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कूटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा भएको यो महामेलामा कुनै पनि पुरानो मोटरसाइकलको मूल्य बजारमा प्रचलित रहेको भन्दा रु. १० हजार बढी मूल्यांकन गरिने ग्यारेन्टी रहेको कम्पनीले बताएको छ । साथै हरेक दिन टेस्ट राइड गर्नेहरुमध्येबाट एकजनालाई सुन उपहारको व्यवस्था गरिएको छ भने शुन्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि उक्त महामेलाको प्रमुख आकर्षण रहने कम्पनीको भनाइ छ ।
यामाहा प्रेमी ग्राहकहरुलाई प्रदान गरिने उपहार सुविधाका अलावा यस मेलामा नेपाली बजारमा अत्यन्त लोकप्रिय रहेको एफ जेड भि ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिने कम्पनीले बताएको छ ।
उपभोक्ताहरुका लागि दशैं तिहारको अवसर पारेर स्क्य्राच गर्दा रु.१ लाखसम्म नगद उपहार पर्ने, तथा हरेक हप्ता लक्की ड्रमा ४ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने रेस फर द एस अफर योेजना पनि सञ्चालनमा रहेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4