+
+

गुल्मीको रेसुङ्गामा ७ करोड लगानीमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ बन्ने 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १६:४६

१६ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रसँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ बन्न लागेको हो ।

पार्कको मंगलबार रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पर्यटकीय पार्क बन्न लागेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

पार्क निर्माणको लागि नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । पार्क निर्माण गर्नका लागि ७ करोडको लागत स्टिमेटमा ठेक्का गरिएको थियो ।

पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लीला जेभी तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको छ । पार्कको ५ करोड ५९ लाख ५३ हजार रुपैयाँको लागतमा २०७९ साल फागुन ३० गते सम्पन्न गर्नेगरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए ।

रेसुङ्गा पार्कको डिजाइन

जंगल क्षेत्रमा निर्माण हुन लागेको पर्यटकीय पार्कमा जैविक उपायोगितालाई क्षति नगरिकन काम अगाडि बढाइने भएको मरासिनीले बताए । पार्कको शिलान्यास गर्दै नगर प्रमुख भुसालले रेसुङ्गा क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले गर्जुरामा पर्यटकीय पार्क बनाउन लागिएको बताए ।

पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्कभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका लागि प्लेजोन, पिकनिक स्पोर्ट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय, टिकट काउन्टर लगायत रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?