
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्दि्रय सदस्य पद -मधेशीतर्फ)मा उम्मेदवारी दर्ता गरेका छन् । आफ्नो सपना समृद्ध नेपाल रहेको र यही मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्दि्रय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पुरा हुदै आएका छन्’, उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो ।’
राष्ट्र निर्माणको आफ्नो सपनालाई पुरा गर्न सबैको सहयोग पाउनेमा आफू विश्वस्त रहेको चौधरीले बताएका छन् । ‘नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरु सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो’, उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरुको सिर्जनसिल सोच, शिल्प, श्रम र केही गरौ भन्ने उत्साह भएकाले नेपाली कांगेसले सहि नेतृत्व पाउनु पर्छ ।’
विनोद चौधरी नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्दि्रत विशेष समितिका संयोजक हुन् । उक्त समितिले पार्टीमा आवद्ध युवाहरुलाई उद्यमी बनाउन गरिखाने अभियान संचालन गरिरहेको छ । उनको नेतृत्वमा समितिले सातै प्रदेशमा योजना र उर्जा भएका युवाहरुलाई उनीहरुकै परियोजनामा लगानी र अन्य आवश्यक सिप उपलब्ध गराउन आवश्यक सहजीकरण गरिरहेको छ । उनी पार्टीका तर्फवाट प्रतिनिधिसभा सदस्य समेत हुन् ।
नेपाली कांग्रेसले कोरोना महामारीका बेला अस्तव्यस्त भएको आर्थिक क्षेत्रको उत्थानका लागि सुझाव दिन गठन गरेको समितिको संयोजक पनि थिए, चौधरी । उनी गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारमा सक्रिय थिए । देशभरि भएका सभाहरुमा कांग्रेसका लागि भोट माग्न पुगेका थिए ।
उद्योगी चौधरी प्fmोब्र्स म्यागेजिकमा सूचीकृत एक मात्र नेपाली डलर अर्बपति हुन् ।
प्रतिक्रिया 4