
२ पुस, रौतहट । प्रहरीले श्रोत नखुलेको ४ लाख ५० हजार रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार सितामढी बैरगिनियाकमा १९ वर्षीय विकास कुमार पासवान रहेका छन् ।
जिल्ला रौतहट गौर नगरपालिका-१ भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पासवानलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ४ लाख ५० हजार नेपाली रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बारा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4