
१३ फागुन, काठमाडौं । रुसी सेनाले युक्रेनको एक टापु कब्जा गरेको छ । युक्रेनको सीमा सुरक्षा बलले कृष्ण सागरमा अवस्थित स्नेक आइल्याण्ड कब्जा गरिएको बताएको हो ।
‘हामीलाई प्राप्त जानकारी अनुसार स्नेक आइल्याण्ड कब्जामा लिइएको छ’, सीमा सुरक्षा बलले बिहीबार जानकारी दिएको छ । ओडेसा प्रशासनिक क्षेत्रअन्तर्गत पर्ने उक्त टापूमा तैनाथ युक्रेनका सैनिकसँगको सम्पर्क टुटेको पनि बलले जानकारी गराएको छ ।
रुसी सेनाले कब्जा गरेको स्नेक आइल्याण्डको सीमाना रोमानियासँग जोडिएको छ ।
आइल्याण्ड कब्जाको समाचारमा १३ जना युक्रेनी बोर्डर गार्ड मारिएको पश्चिमी समाचार माध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4