
१ चैत, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् ।
संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।
त्यस्तै यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर छलफल नहुँदै अधिवेशन अन्त्य गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4