+
+

छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १६:००

२१ वैशाख, काठमाडौं । नक्कली कागजात बुझाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा उनीहरुमाथि भ्रष्टाचारमुद्दा चलाएको हो ।

उनीहरुमाथि २९ लाख ७७ हजार रुपैयाँ हानीनोक्सानी पुर्‍याएको आरोप छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सारुसहित सहायक इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?