
२३ वैशाख, काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेको बनेपामा गरी ८ वटा चुनावी सभा गरेको छ ।
ललितपुरको धापाखेल, लुभु, काभ्रेको बनेपा, काठमाडौंको मूलपानी, गोठाटार, वौद्ध र शंखरापुरमा सभा गरिसकेको छ । असनमा भने शुक्रबार साँझ सभा आयोजना गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
शुक्रबार उपत्यका र बनेपामा भएका ८ वटा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् ।
असनमा सभाअघि काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरका साथै ३२ वटै वडाका अध्यक्षका उम्मेदवारको सहभागितामा र्याली निकालिएको छ । सुन्धाराबाट सुरु हुने र्याली बसन्तुपर, नरदेवी क्षेत्रपाटी हुँदै असनमा आएर सभामा परिणत हुनेछ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि राप्रपाले प्रचार प्रसारलाई तीव्र पारेको छ । बुधबार राप्रपाले झापामा ६ वटा सभा गरेको प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष राजेन्द्र लिङ्देन झापाको सभापछि बिहीबार इलाम पुगेका थिए ।
शुक्रबार काठमाडौंको सभामा सहभागी भएका उनी शनिबार पोखरा र नेपालगञ्जको सभामा सहभागी हुनेछन् । वैशाख २५ गते हेटौंडामा सभा आयोजना गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिक्रिया 4